SERVICES !!

रक्त क्यान्सरले ग्रस्त हुँदा, समयावधि आठ महिना मात्र पाउँदा,

म रोइन बरु लेख्दै रमाइरहेँ शब्द सँग खेलिरहेँ

बार बार जिउने नयाँ आशा बोकी अगाडि बढिरहेँ। आशान्वित यो अवस्थामा पुस्तक गाहकी बनिदिनुहोला, धन्यवाद ।

SAPANAKA LAHAR HARU 1

सबैलाई मेरो नमस्ते,
हजुरहरुको साथ सहयोग र मायाको लागि सदैव आभारी रहनेछु। केही इष्ट मित्रहरूको आर्थिक सहयोगमा मैले मेरो थन्किएर बसेको लेखलाई किताबमा परिणत गराउन सफल भएको छु। मेरो यो दुश्प्रयासलाई हजुरहरुले सहर्ष स्विकार्नु हुनेछ भन्ने अपेक्षा गर्दछु।

रक्त क्यान्सरले ग्रस्त हुँदा पनि जिउने हिम्मत हारेको छैन।
आशा गर्छु मेरो यो जोशलाई कायम राख्न हजुरहरुले मद्दत पुराउनु हुनेछ।
सहयोग मुल्य रू.५५५/- मात्र ।

SAPANAKA LAHAR HARU 2

सबैलाई मेरो नमस्ते,
हजुरहरुको साथ सहयोग र मायाको लागि सदैव आभारी रहनेछु। नाम खुलाउन नचाहेका ब्यक्ति विशेषको सहयोगमा आज पुन: सपनाका लहरहरु-२ मेरो नयाँ पुस्तक यहाँहरु समक्ष पस्किन आएको छु। बिगतका दिनहरुमा झैँ यसपटक पनि हजुरहरुले मेरो यो पुस्तकलाई माया गरिदिएर क्यान्सर सँगको मेरो लडाईं सहज बनाइदिनु हुन्छ भन्ने आशा बोकी आएको छु।
रक्त क्यान्सरले ग्रस्त हुँदा, समयावधि आठ महिना मात्र पाउँदा, म रोइन बरु लेख्दै रमाइरहेँ शब्द सँग खेलिरहेँ ! बार बार जिउने नयाँ आशा बोकी अगाडि बढिरहेँ। आशान्वित यो अवस्थामा पुस्तक गाहकी बनिदिनुहोला, धन्यवाद ।
सम्पर्क: 9860468274 (whatsapp + E-sewa)
सहयोग मूल्य रू.५००/- मात्र ।

SAPANAKA LAHAR HARU 3

सहयोगको अपिल, नमस्ते म नवराज न्यौपाने।
जात र धर्म परै राखी मानव धर्म लिएर नजिक आउन हुन विनम्र अनुरोध ! रक्त क्यान्सर सँग जुधी रहेकाे पनि दुई वर्ष भयो। करोड पति रोडमा आउने यो रोग, म त झन् त्यसै रोड रोमियो। कमाई धमाई सबै सकियो। मेडिकल साइन्सले आठ महिना मात्र छ अब भनी समय तोकिदियो। अझै पनि हिम्मत नहारी अगि बढेँ, कलम चलाईरहेँ। आय श्रोतको माध्यम केही नभए पछि आफैँ पुस्तक लेखी, सोही पुस्तक लिई बाँचुन्जेलको लागि औषधी उपचार खर्च जोहो गर्न यसरी जता जता सकेँ त्यता त्यता प्रस्ताव राख्दै हिडेँ।
आफनो आर्थिक अवस्था सुधार्न कुवेत पुगेको म आज रक्त क्यान्सर जस्तो रोगको शिकार भई लाचार लडेँ। कृपया म सँग बाँकी रहेको मेरो पुस्तक खरिद गरी जति बाँच्छु त्यति समयका लागि मद्दत गरिदिनु होला, धन्यवाद।
सहयाेग मूल्य रू ५००/- मात्र।
सम्पर्क: ९८६०४६८२७४ (WHATSAPP / ESEWA )

SAPANAKA LAHAR HARU 4

अर्बुद सँग लड्दै लेखिएका मेरा मनका कवितात्मक भावनाहरुको पुस्तक सपनाका लहरहरू - ४ (waves of dreams) अगाडि बढाउँदै सहयोग पुराइ रहनु भएका सबै सबै प्रति कृतज्ञता प्रकट गर्न चाहन्छु।